26.1 C
Kathmandu

अर्थमन्त्री पुनद्धारा निर्माण व्यवसायीलाई ४० अर्ब रुपैयाँ भुक्तानी गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निर्माण व्यवसायीको ४० अर्ब रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएका छन् । अर्थमन्त्रीले निर्माण व्यवसायीलाई भुक्तानी गर्न बजेट महाशाखालाई निर्देशन दिएका हुन ।

व्यवसायीहरुले ८ महिना बितिसक्दा पनि भुक्तानी नभएकोले निर्माण उद्योग नै अफ्ठयारोमा परेको बताइरहेका छन् । सरकारी कामको करिब ६० अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी रहेको भन्दै विगत लामो समय देखि सरोकारवालाको ध्यानाकर्षण गराउँदै चरणबद्ध आन्दोलन आइरहेका छन् ।

अर्थमन्त्री पुनको सचिवालयका अनुसार अर्थले सम्बन्धित मन्त्रालयलाई दिएपछि उक्त रकम व्यवसायीहरुलाई भुक्तानी गरिनेछ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार