26.1 C
Kathmandu

मध्यस्थता सम्बन्धी क्षमता अभिवृद्धिका लागि परिषद् र सोसाइटीबीच सम्झौता 

काठमाडौं । नेपालमा मध्यस्थता सम्बन्धी काम कारबाहीप्रति समसामयिक जानकारी प्रदान गर्दै यस सम्बन्धी क्षमता अभिवृद्धिका लागि नेपाल मध्यस्थता परिषद र एडभोकेट सोसाइटी नेपालीबीच ९ बुँदे सहमति भएको छ ।

मंगलबार एक कार्यक्रमबीच मध्यस्थता परिषद्का सभापति डा. राजेन्द्रप्रसाद अधिकारी र एडभोकेट सोसाइटी नेपालका अध्यक्ष अधिवक्ता अर्जुन प्रसाद ढकालले  उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सहमति अनुसार सोसाइटीले मध्यस्थताको क्षेत्रमा काम गर्न इच्छुक कानुन व्यवसायीहरूको लागि आगामी दिनमा आवश्यकता अनुसार १ देखि ५ दिनसम्मको मध्यस्थता सम्बन्धी तालिम सञ्चालन गर्ने छ ।

परिषद्सँगको यो सम्झौताले मध्यस्थताको क्षेत्रमा काम गर्न चाहने कानुन व्यवसायीको क्षमता अभिवृद्धि हुने र मध्यस्थताको क्षेत्रमा महत्वपूर्ण उपलब्धि दिने सोसाइटीका अध्यक्ष ढकालले बताउनु भयो । अध्यक्ष ढकालका अनुसार सोसाइटीले यहि चैत्र २० देखि २४ सम्म कन्ट्र्याक्ट म्यानेजमेन्ट एण्ड डिस्प्युट सेटलमेन्ट विषयमा काठमाडौंमा ५ दिने तालिम आयोजना गर्ने भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार