24.1 C
Kathmandu

नौ सिमेन्ट उद्योगीलाई भ्रष्टाचारको मुद्दा, पशुपति मुरारकादेखि विष्णु न्यौपानेसम्म अरु कोको छन ?

काठमाडौं । नौ सिमेन्ट उद्योगीलाई भ्रष्टाचारको मुद्दा लागेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा बुक बिल्डिङबाट शेयर जारी गर्न लागेको विष्णु पौडेलपनि यस मुद्दामा मुछिएका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुरारका, न्यौपानेसहित ९ सिमेन्ट उद्योगलाई भ्रष्टाचारको मुद्दा दायरा गरेको छ ।

अख्तियारले हालेको मुद्दामा सिद्धार्थ मिनरल्स प्रालिका सञ्चालक तथा महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकालाई ४९ करोड ४५ लाख दावी सहित अख्तियारले मुद्दा हालेको हो ।

बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्ने तयारी गर्दा नै विवादमा तानिएको सर्वोत्तम सिमेन्टका सञ्चाालक विष्णुप्रसाद न्यौपाने विरुद्ध पनि अख्तियारले १६ करोड ३१ रुपैयाँको माग दावी सहित मुद्दा हालेको छ । उक्त सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन् गर्दा क्षति पुर्याएको भन्दै अख्तियारले विशेष अदालत पाटनमा मुद्दा होलेको हो ।

अख्तियारले मुद्दा दायरा गराएका अन्य उद्योगहरूमा मारुती सिमेन्टस्का सञ्चालक सरद गोयल, अन्नपूर्ण क्वेरिजका ऋषि अग्रवाल, उदढपुर मिनरल्स टेकका प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्टका नरेश दुगड, सोनापुर सिमेन्टका निपेश तायल, कन्चन क्वेरिजका भिमवहादुर क्षेत्री र डोलोमाइट चुनढुंगा उद्योगका सञ्चालक मानवहादुर श्रेष्ठ रहेका छन् ।

खानी तथा भुगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे उपमहानिर्देशक रहेका बेला ९ वटा सिमेन्ट उद्योगले खानी उत्खनन्को अनुमति भन्दा बढी चुनढुंगान उत्खनन् गरेको र ती उद्योगले राज्यलाई तिर्नुपर्ने करमा थोरैमात्रै लगायो अख्तियारले जनाएको छ ।

महानिर्देशक घिमिरेले उति बेला ती उद्योगसँग १ अर्ब २६ करोड रूपैयाँ राजस्व उठाउनु पर्नेमा १८ लाख रूपैयाँमात्र जरिवाना तिराएका थिए । महानिर्देशक घिमिरेले सरकारले गर्नुपर्ने जरिवाना कारवाही स्वरुप नलिएको अर्थात थोरै लिएर उद्योगीलाई उन्मुक्ति दिएको भन्दै सो कार्यमा जरिवाना नतिरेको भन्दै अख्तियारले यी उद्योगीलाई पनि मुद्दा हालिएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार