26.1 C
Kathmandu

सर्बोत्तम सिमेन्टले ६० लाख कित्ता आइपीओ निकाल्ने, पैसा जोगाउँदै गर्नुस प्रति कित्ताकै ७५० पर्छ

कठमाडौं । सर्बोत्तम सिमेन्ट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले ६० कित्ता शेयर निष्काशन बुक विल्डिङ्ग विधिवाट गर्ने निर्णय भएको छ । यसले प्रति कित्ता ७५० मा शेयर जारी गर्ने गरी अनुमति मागेको छ ।

धादिङ जिल्ला रोरांग गाँउपालिका स्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन् कार्यका लागि १५ करोड १ लाख रुपैयाँमा खानी खरिद गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णयसमेत गरिएको छ ।

त्यस्तै, लेखा परिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/२०७८ को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टसलाई नियुक्त गर्ने निर्णय कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार