26.1 C
Kathmandu

मर्जर भाँडिएको हिमालयन बाहेकको वित्तीय विवरण सार्वजनिक, हिमालयनलाई राष्ट्र बैंकले लिँदै हो ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्टसँग मर्जर भाँडिएको हिमालयन बाहेक सबै वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक भएको छ । हिमालयन बैंकको फरफरमेन्स कमजोर भएको र इन्भेष्टेमन्टसँग मर्जरमा नजाँदा यसले बोनस बाड्न नपाएको कारण पनि कमजोर भएको उल्लेख छ ।

अब यो बैंकको व्यवस्थापन लथालिङ्ग हुन सक्ने भन्दै राष्ट्र बैंकले यसको व्यवस्थापन सम्हाल्ने र उपयुक्त कम्पनीसँग मर्जर गरेर मात्रै फिर्ता दिने विषय पनि चर्चामा आएको छ ।

चालू आवको पहिलो अर्धबार्षिक प्रतिवेदन अनुसार सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई रहेको छ । यो बैंकले यस अवधिमा २ खर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ । बढी नाफा कमाउने दोस्रो बैंक एनआईसी एसिया रहेको छ । यसले यो अवधिमा २ अर्ब ४० करोड कमाएको छ ।

सबैभन्दा बढी नाफा कमाएर वर्षेनी पहिलो नम्बरमा आउने नबिल बैंक भने अहिलेसम्मको तथ्यांकमा तेस्रो नम्बरमा परेको छ । यो बैंकले गरेको यस अवधिमसम्मको नाफा २ अर्ब १८ करोड रहेको पनि तथ्यांकले देखाएको छ ।

६ महिनामा ग्लोबल आइएमई र एनआईसी एसियाले १६ र १५ प्रतिशतले नाफा बढाउन सकेका छन भने नबिलको ९.७६ प्रतिशतले मात्रै बढेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार