26.1 C
Kathmandu

६ महिनामा १० खर्बको आयात हुँदा झण्डै ९ खर्बको व्यापार घाटा

काठमाडौं । नेपालले ६ महिनामा करिब १० खर्ब रुपैयाँको आयात भएको छ । यो अवधिमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालले करिब ९ खर्ब व्यापार घाटा व्यहोरेको छ ।

चालु आवको शुरुवातीदेखि पुस मसान्तसम्ममा सरकारले ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

गत वर्षको सोही अवधिमा नेपालले ६ खर्ब ४४ करोड ६१ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । जसमा गत वर्षको तुलनामा चालु आवमा ४६.६४ प्रतिशतले बढी व्यापारघाटा व्यहोरेको छ ।

चालु आर्थिक वर्षको शुरुवातीदेखि नै उच्च आयात भएको अवस्थामा निर्यात निकै कमजोर हुँदा उच्च व्यापारघाटा व्यहोरेको हो ।

सरकारले ६ महिनाको अवधिमा ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा गत वर्ष ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख रुपैयाँको मात्रै आयात गरेको थियो । गत वर्षको तुलनामा चालु आवको पहिलो ६ महिनामा नेपालले ५१.१३ प्रतिशत बढीले आयात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, नेपालले चालु आवको ६ महिनाको अवधिमा १ खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँको वस्तु निर्यात गर्न सफल भएको छ । नेपालले गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा ९५.४८ प्रतिशतले बढी निर्यात गरेको छ । गत वर्ष ६ महिनाको अवधिमा नेपालले ६० अर्ब ७९ करोड ९२ लाख रुपैयाँको निर्यात गरेको थियो ।

नेपालले ६ महिनाको अवधिमा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जसमा आयात तथा निर्यातको अनुपात २२.६९ प्रतिशतले घटेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार