29.1 C
Kathmandu

चुनाव खर्च उठाउन धमाधम क्यासिनोको लाइसेन्स बाँड्दै पर्यटन मन्त्री आले, सामाजिक सञ्जालमा हिरो मन्त्री भित्रभित्रै घुसखोरी

काठमाडौं । सरकार निर्वाचन गराउनेतर्फ ध्यान केन्द्रित गर्न थालेपछि चुनाव भइहाले खर्च चाहिन्छ भन्दै धमाधम पर्यटन मन्त्री प्रेम आले खर्च उठाउन लागेका छन् । माधव नेपालको नेकपा एस नामको नयाँ पार्टीमा लागेर मन्त्री बनेका आलेलाई चुनाव खर्च उठाउने अल्टिमेट पनि माथिबाटै आएको छ ।

उनले पार्टीलाई खर्च पनि जुटाइदिनुपर्ने आगामी चुनावमा प्रतिस्पर्धा गर्न खर्चको जोहो गर्नुपर्ने भएपछि चुनावी खर्च उठाउने अस्त्र क्यासिनो लाइसेन्सलाई लिएका छन् ।

पर्यटन मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार मन्त्री आले महामारीको बेला र धमाधम बन्द भइरहेको होटललाई पनि लाइसेन्स बाँड्दै हिँडेका छन् । आलेले यही मौका धन्दै आएजति सबै प्रस्तावलाई बार्गेनिङ गर्दै लाइसेन्स दिन थालेको पाइएको छ ।
कोरोनाको ओमिक्रोन संक्रमण बढ्दै जाँदा प्रशासनले देशभरका क्यासिनोहरू बन्द राख्न निर्देशन दिएको बेला मन्त्री आलेले भने नयाँ खुल्ने गरी गरिरहेका होटलको नाममा लाइसेन्स बाँडेका हुन ।

पर्यटन विभागका एक अधिकारीका अनुसार क्यासिनोलाई लाइसेन्स दिने अधिकार मन्त्री आलेले मन्त्रालयका महाशाखा र पर्यटन विभागलाई प्रत्यायोजन गरेका छैनन्। अहिले क्यासिनोलाई लाइसेन्स दिने सबै निर्णय मन्त्रीस्तरबाटै भएका छन्। सोहीअनुसार २ कात्तिकमा झापा मेचीनगरको होटल मेची क्राउनमा क्यासिनो भेगासलाई मन्त्री आलेले लाइसेन्स दिएका छन्। यो झापामा खुलेको पहिलो पूर्ण क्षमताको क्यासिनो हो।

उनले ९ कात्तिकमा नेपालगञ्जको होटल स्नेहास्थित क्यासिनो बेल्लिजलाई मन्त्री आलेले लाइसेन्स दिए। यो काठमाडौंस्थित होटल मल्लमा रहेको बेल्लिजकै स्वामित्त्वको क्यासिनो हो। यसैगरी, मन्त्री आलेले १२ कात्तिकमा नेपालगञ्जकै होटल स्टारस्थित भेन्यू रिक्रिएसनलाई क्यासिनो लाइसेन्स दिए।

त्यसअघि संस्कृति, पर्र्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले १५ असोजमा भैरहवाको होटल नान्सस्थित सिद्धार्थ गेमिङ जोनलाई लाइसेन्स दिएका थिए। त्यसपछि नेपालगञ्जको होटल कल्पतरुस्थित ‘ॐ त्रयम्बकम्’ क्यासिनोलाई मन्त्री आलेले १६ पुसमा लाइसेन्स दिएका छन्।

उनले नेपालगञ्जको होटल सिटी प्यालेसस्थित केपीएफ इन्टरटेनमेन्टलाई १४ पुसमा क्यासिनो सञ्चालनको अनुमति दिएका छन्। क्यासिनो भेगासबाहेकका सबै ‘मिनी क्यासिनो’ हुन्।

नयाँ अनुमतिसँगै नेपालगञ्जमा मात्र ६ वटा क्यासिनो भएका छन्। यसअघि होटल भ्यू सिद्धार्थमा ज्याकपोट गेमिङ सेन्टर र होटल स्नेहामा क्यासिनो ह्याप्पी आवर सञ्चालनमा थिए। यस्तै, नयाँ अनुमतिसँगै देशभर सञ्चालनमा रहेको क्यासिनो संख्या ३० पुगेको छ। यसअघि झापा काँकडभिट्टाका होटल ढाकामा क्यासिनो ह्याप्पी आवर र होटल रियाजमा क्यासिनो सञ्चालनमा थिए।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार