23.1 C
Kathmandu

९८ दिनपछि माओवादी नेता पुन स्वदेश फर्कर्दै, माओवादी पदाधिकारीको टुंगो लाग्ने

काठमाडौं । माओवादी नेता वर्षामान पुन (अनन्त) ९८ दिनको उपचारपछि स्वदेश फर्कने भएका छन् । पुन फर्केसँगै माओवादी पदाधिकारीको टुंगो लाग्ने पनि भएको छ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तीन महिना ८ दिनको उपचारपछि मंगलबार चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट नेता पुन डिस्चार्ज भएका हुन् । जण्डिसबाट पीडित पुनलाई सुरुमा उपचारका लागि थाइल्याण्ड लगिएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि पुनलाई एयर एम्बुलेन्समार्फत चीन लगेर थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा भर्ना गरिएको थियो ।अस्पतालबाट डिस्चार्ज भएका पुन तीन दिनपछि नेपाल आउने अखिल क्रान्तिकारीका नेता दिपेश पुनले जानकारी दिए ।

यसअघि पुनकै आग्रहमा मंगलबार बसेको नवनिर्वाचित केन्द्रीय समितिको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्दै स्थगित भएको थियो ।

अध्यक्ष प्रचण्डले पार्टीका सिनियर नेताहरू वर्षमान पुन र ओनसरी घर्ती उपचारका क्रममा देशबाहिर रहेकाले सबै बसेर पदाधिकारी टुंग्याउन उचित हुने भएकाले केन्द्री समिति बैठक स्थगित गरिएको बताएका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार