23.1 C
Kathmandu

६ महिनामै ४७८४ वटा विजुली गाडी भित्रियो, कर छूट पाएपछि बढेको बढ्यै

काठमाडौं । सरकारले कर छूट दिएपछि नेपालमा विद्युतीय गाडीको प्रयोग बढ्न थालेको छ । भन्सार विभागको तथ्यांक अनुसार ६ महिनामा नै ४७८४ वटा विद्युतीय सवारी भित्रिएका छन् । यी सवारीको आयात मूल्य नै तीन अर्ब ५८ करोड करोड ७१ लाख रुपैयाँ रहेको छ ।

साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा विद्युतीय सवारी आयात बढेको देखिएको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले कर बढाएर रोकिएको विद्युतीय सवारीलाई त्यसपछिका अर्थमन्त्री विष्णु पौडेलले कर घटाएपछि पुनः आयात बढेको हो।

नेपाली बजारमा विद्युतीय कारको माग तथा आयात बढ्दै गएको छ। चालु आर्थिक वर्षको ६ महिनामा २ सयदेखि ३ सय किलोवाटसम्मका २ वटा विद्युतीय कार आयात भएको छ।

सोही अवधिमा १५० देखि २ सय किलोवाट क्षमताका ६ सय ९२ वटा विद्युतीय कार आयात भएका छन्। यो ब्याट्री सेगमेन्टका विद्युतीय कार पनि कम नै आउने गरेका छन्।

आयात भएका सबैभन्दा धेरै विद्युतीय कार १ सयदेखि १५० किलोवाटसम्म कार आयात हुने गरेको तथ्यांक छ। यो ब्याट्री सेगमेन्टका १६ सय २५ वटा विद्युतीय कार चालु आवको ६ मिहनामा आयात भएको छ।

१ सय किलोवाटसम्म ब्याट्री क्षमताका भएका ३ सय ९६ वटा विद्युतीय कार आयात भएको भन्सारको तथ्यांक छ। यो सेगमेन्टका विद्युतीय कारमा कम कर लाग्ने गरेको छ। त्यसै सबैभन्दा बढी २ सयदेखि ३ सय किलोवाट क्षमताको ब्याट्री प्रयोग भएका कारका कर लाग्ने गरेको छ।

नेपाली बजारमा चिनियाँ ब्रान्डदेखि अमेरिकी ब्रान्ड टेस्ला तथा युरोपेली ब्रान्डसम्मका विद्युतीय कार आयात हुँदै आएको छ। टाटा, किया, हुन्डाई, एमजी, ग्रेटवाल मोटर्सलगायत ब्रान्डका विद्युतीय कार समेत उपलब्ध छन्।

विद्युतीय कारमा भन्सार छूट भएकोले अन्य सवारीको जस्तो ३०० प्रतिशत कर लाग्दैन् । सवारी प्रयोगपछि पनि सडक दस्तुर कम लाग्छ भने यसको प्रयोग वातावारण मैत्रि भएकोले पेट्रोलमा हुने खर्च पनि बचत हुन्छ । विद्युतमा हुने खर्च पेट्रोलको तुलनामा कयौ गुणा सस्तो पनि पर्ने दाबी गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार