23.1 C
Kathmandu

युद्धग्रस्त इजरायलबाट २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार

काठमाडौँ । युद्धग्रस्त इजरायलबाट २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरिएको छ । नेपाल सरकारले परराष्ट्रमन्त्री एनपी साउद सहितको नेपाली अधिकारीलाई नेपाल वायु सेवा निगमको आरए २२९–२३५३ वाइडबडी विमान लिएर विद्यार्थीहरुको उद्धारका लागि बिहीबार बिहान इजरायल पठाएको थियो ।

इजरायलको तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट (नेपाली समय साँझ ५ बजेर १७ मिनेट) मा विमान उडेको थियो । साँझ करिब ८ बजे दुबई ल्यान्ड गरेर विमान राति ११ बजे काठमाडौंका लागि उडेको जहाज शुक्रबार बिहान ३ बजे त्रिभुवन विमानस्थल अवतरण गरेको हो।

उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना विद्यार्थी रहेका छन् । सुदूरपश्चिमबाट गएका ४९ विद्यार्थीमध्ये १० जनाले हमासको आक्रमणमा परी ज्यान गुमाएका छन् । अर्का एकजना विद्यार्थी विपिन जोशी अझै बेपत्ता छन् भने आक्रमणमा परी घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको इजरायलमै उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार