26.1 C
Kathmandu

मनाङ एयरको हेलिकप्टर ३ महिनामा २ पटक दुर्घटना, जहाज बिहिन भएपछि उडान अनुमति निलम्बन

काठमाडौं । एयरको हेलिकप्टर पछिल्लो ३ महिनामा २ पटक दुर्घटना भएको र उक्त वायुसेवा जहाजबिहिन भएको भन्दै नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले यो वायुसेवाको उडान अनुमति (एओसी) निलम्बन गरिदिएको छ ।

मनाङको एउटा ९एन एएमभी कलसाइनेका हेलिकप्टर गत ११ जुलाइमा नाम्चेमा दुर्घटना भएको थियो भने शनिबार फेरि अर्को ९एनएलजे हेलिकप्टर दुर्घटनामा परेको छ ।

यो वायुसेवाको खराब उडान सुरक्षाको कारण उडान सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार यो वायुसेवासँग जबसम्म उडायोग्य जहाज हुँदैन तबसम्म यसको एओसी खुला हुँदैन ।

मनाङ एयरका प्रवन्धक राजु न्यौपानेले भने छोटो समयमा भएको दुइवटा दुर्घटनालाइ कम्पनीलाई ठूलो क्षति भएको बताए । उनले भने ‘शनिबार भएको हेलिकप्टर दुर्घटनाबाट क्याप्टने प्रकाशकुमार सेढाइ सख्त घाइते भएका छन । उनको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना लगत्तै हेलिकप्टरमा लागेको आगोमा परेर शरीरका केही भाग जलेका छन भने हेलिकप्टर पूर्ण क्षति भएको छ ।’

न्यौपानले भने एकातर्फ कम्पनीलाई ठूलो क्षति भयो भने अर्कोतर्फ तत्काल उडायोग्य जहाज नै भएकोले एओसी निलम्बनमा पर्नुलाई स्वभाविक मानेका छौ । हेलिकप्टर ल्याउन आवश्यक प्रक्रिया अगाडि बढीसकेको छ भने जहाज अर्डर भइसकेकोले ४ महिनाभित्रै आउने पनि मनाङ एयरको भनाइ छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार