26.1 C
Kathmandu

रेमिट्यान्सको भरले अर्थतन्त्रमा निरन्तर सुधार, यस्तो छ देशको अर्थतन्त्रका सूचकहरू

काठमाडौं । आन्तरिक अर्थतन्त्र शिथिल भएपनि तथ्यांकले बाह्य अर्थतन्त्रमा भने निरन्तर सुधार भइरहेको देखिएको छ । एक वर्ष अगाडिसम्म कमजोर बनेको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै जाँदा र आयातमा निरुत्साहनले आन्तरिक खपत घट्दा बाह्य अर्थतन्त्रको सूचकमा भने सुधार भइरहेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार रेमिट्यान्समा आएको उल्लेख सुधारले अर्थन्त्रलाई सकारात्मक लयमा ल्याएको छ । नेपालमा विदेश गएर कमाएका नेपालीले पठाएको यस्तो रकम १२ खर्ब रुपैयाँ पुगेको छ ।

यस्तो रकम गत वर्ष १० खर्ब रुपैयाँ मात्रै थियो । पछिल्लो नौ महिनादेखि लगातार मासिक १ खर्ब रेमिट्यान्स आएकोले यसले नै अर्थतन्त्रलाई भर दिएको छ ।

रेमिट्यान्स बढ्दा विदेशी विनिमय सञ्चिति पनि १५ खर्ब ३९ अर्ब रुपैयाँ (११ अर्ब ७४ करोड डलर) पुगेको छ । यो रकमले १० महिनाको आयात धान्न सक्ने क्षमता देखाउँछ ।

नेपालमा विदेश गएर कमाएका नेपालीले पठाएको रेमिट्यान्स १२ खर्ब रुपैयाँ पुगेको छ । पछिल्लो नौ महिनादेखि लगातार मासिक १ खर्ब रेमिट्यान्स आएकोले यसले नै अर्थतन्त्रलाई भर दिएको छ ।

देशभित्र भित्रने र बाहिरिने रकमबीचको अन्तर शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब रुपैयाँले बचत छ । सरकार र राष्ट्र बैंकको आयातमा कडाइ गर्ने नीतिले देशको भुक्तानी सन्तुलनमा उल्लेख्य सुधार आएको तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्ष २०७८/७९ मा २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले ऋणात्मक रहेको देशको भुक्तानी सन्तुलन गत वर्ष २०७९/८० मा भने २ खर्ब ९० अर्ब रुपैयाँले बचत भएको छ ।

सरकारले महंगीलाई भने नियन्त्रण गर्न नसक्दा ७.७४ प्रतिशतमा पुगेको छ । महंगी हरेक महिना बढीरहेको देखिएपनि वार्षिक औषत महंगीदर भने साढे ७ प्रतिशतको हाराहारीमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार