23.1 C
Kathmandu

होटल सङ्घ नेपालको अध्यक्षमा विनायक शाह सर्वसम्मत

काठमाडौं/ होटल सङ्घ नेपाल (हान)को शुक्रबार सम्पन्न ४८ औं वार्षिक साधारणसभाले सङ्घको अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित गरेको छ । ४८औँ वार्षिक साधारणसभा मार्फत अध्यक्ष बनेका शाह सङ्घका १४औँ अध्यक्ष हुन ।

नवनिर्वाचित अध्यक्ष शाह एयरपोर्ट होटलका सञ्चालक हुन्। उनी यसअघि हानको प्रथम उपाध्यक्ष थिए । शाहको नेतृत्वमा नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा प्रवीणबहादुर पाण्डे, द्वितीय उपाध्यक्ष विनय तुलाधर, महासचिवमा साजन शाक्य र कोषाध्यक्षमा युवराज श्रेष्ठ चयन भएका छन् ।

कार्यसमिति सदस्यमा विधाता श्रेष्ठ, जयदिन श्रेष्ठ, सारिक अहमद लारी, विनोदशङ्कर श्रेष्ठ, दिनेश श्रेष्ठ, विशालकुमार कैंथ, राजेन्द्र भट्ट, रामकुमार पुरी, ठाकुरप्रसाद पोखरेल, लक्ष्मण अर्याल, विप्लव पौडेल र गोपाल राना, राजन श्रेष्ठ र सुमन घिमिरे चयन भएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार