29.1 C
Kathmandu

सहकारीबाट ऋण लिएर नतिर्नेको सम्पत्ति रोक्का गर्न माग

काठमाडौँ / राष्ट्रिय सहकारी महासंघले सहकारीबाट ऋण लिएर नतिर्नेको सम्पत्ति तत्काल रोक्का गर्न माग गरेको छ । शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै सहकारी समस्या समाधान समितिले सहरकारीबाट ऋण लिई नतिर्ने मनसाय भएका ऋणीहरुको चल अचल सम्पत्ति रोक्का राख्न पाउनुपर्ने व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो ।

सहकारीविरुद्धका भ्रामक गतिविधि र अफवाहका कारण जनस्तरमा अविश्वास बढेको बताउँदै सहकारी समस्या समाधान समिति संयोजक ओमदेवी मल्लले सहकारीमा देखिएको तरलता समस्या समाधानका लागि राष्ट्रिय सहकारी बैंकमार्फत परिचालन हुने गरी सहुलियत ब्याजदरमा सहकारीलाई ३ वर्षसम्मका लागि १० अर्ब रकम उपलब्ध गराउन माग गरिन ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बैंक तथा वित्तीय क्षेत्रले घरजग्गा कारोबारमा ठूलो लगानी गरेको बताउँदै घरजग्गा कारोबारमा आएको मन्दीले सहकारीहरुमा तरलता अभाव भएको बताए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार