23.1 C
Kathmandu

भन्सारको दर अधिक हुँदा अनधिकृत व्यापार बढ्यो, न्यून गर्न समुद्रपार निकासी संघको माग

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले भन्सारको दर अधिक हुँदा अनधिकृत व्यापार बढेको बताएको छ । उच्च दरको भन्सालाई न्यून गर्न नेपाल समुद्रपार निकासी पैठारी संघले माग गरेको छ ।

संघको एक प्रतिनिधि मण्डलले शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर आर्थिक क्षेत्रमा विद्यमान समस्या समाधानको लागि आग्रह गरेको हो ।

उक्त भेटमा व्वसायीको एक प्रतिनिधि मण्डलको नेतृत्व गरेको अध्यक्ष विनोदकुमार सेठियाले खुला सिमाना भएको मुलुकमा उच्च भन्सार दरका कारण अनधिकृत आयात बढ्दा कानूनसम्मत कारोबार गर्ने व्यवसायी समस्यामा परेको बताए । उनले यो समस्या निराकरणका लागि भन्सार दरहरु घटाउनुपर्नेमा जोड दिए ।

उच्च भन्सार दरका कारण हुने मूल्य अन्तरको लाभ लिन तराई भेगमा बसोबास गर्ने सबैजसो नागरिकले सीमावर्ती भारतीय बजारलाई किनमेल गन्तव्य बनाइरहेको तर्फ पनि उनले बताए ।

सरकारले आयातमा प्रतिबन्ध लगाएका वस्तु बजारमा पाइरहेको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष सेठियाले प्रतिबन्धले अनधिकृत व्यापारलाई बढावा दिन्छ÷दिँदैन भन्नेमा पनि विचार गर्नुपर्ने धारणा पनि राखे ।

उनले व्यावसायिक कृषिका लागि अनुकूल वातावरण तयार गर्नुपर्ने र सुशासनका लागि सम्पर्करहित र कागजातरहित सेवा प्रवाहलाई बढावा दिनुपर्ने पनि बताए । नेपालमा व्यवसायको लागत उच्च रहेको भन्दै यसको न्यूनीकरणमा जोड दिए । आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क र भन्सारका विवाद टुंग्याउन स्थायी कर फस्र्योट आयोग गठन गर्नुपर्ने माग उनले राखे ।

करको दायरा विस्तार, उधारोसम्बन्धी ऐन निर्माण र पुराना ऐन नियमावलीको समयानुकुल संशोधनको आवश्यकता अध्यक्ष सेठियाले औंल्याएका छन् । अग्रिम जमानतको व्यवस्था लागू गर्नुपर्ने बताउँदै सेठियाले नेपालमा नीतिले भन्दा नियतले समस्या सिर्जना गरिरहेको बताए ।

व्यवसायीसँगको भेटमा अर्थमन्त्री डा. महतले अर्थतन्त्रको सुधारमा आफू गम्भीर रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमार्फत व्यवसायीका धेरै गुनासा सम्बोधन हुने बताए । मन्त्री महतले अर्थतन्त्रको सुधारमा निजी क्षेत्रको भूमिका उल्लेख्य हुने पनि बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार