26.1 C
Kathmandu

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्‍यो फ्लाई दुबईको विमान

काठमाडौँ / काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा आगलागि भएपछि काठमाडौंमै आकस्मिक अबतरणको तयारी गरिएको फ्लाई दुबईको विमान अन्तत दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरिएको छ ।

काठमाडौं विमानस्थलबाट ९ बजेर २१ मिनेटमा उडान भरेको विमानबाट ठूलो आवाज आएको र आगोको झिल्को देखिएपछि काठमाडौंमै आकस्मिक अवतरणको तयारी गरिएको थियो । तर पनि इन्जिनको समस्या समाधान भएको भन्दै पाइलटले उडानलाई निरन्तरता दिँदै दुबई तर्फ लगेका थिए।

५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ स् ११ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेका थिए । फ्लाई दुबईले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको दाबी गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार