29.1 C
Kathmandu

प्रधानमन्त्रीको आश्वासनपछि व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहपछि चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।

विगत चार दिनदेखि आन्दोलनरत व्यवसायीले मंगलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका थिए । आन्दोलनरत व्यवसायी र प्रधानमन्त्रीवीच भएको भेटमा समस्या समाधानका लागि पहल गर्ने आश्वासन पाएपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठका अनुसार समग्र व्यवसायीले खेपिरहेको ब्याजदर लगायतका समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीलेपछि तत्कालका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको हो।

चर्को ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न समस्या आएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नाडा अटोमोबाइल्स एसोसिएसन नेपाल व्यापार संघ, लगायतका व्यवसायी विगत चार दिन देखि आन्दोलनमा थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार