26.1 C
Kathmandu

८ महिनाको अवधिमा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ

काठमाडौँ / मुलुकको व्यापार घाटा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले साउनदेखि फागुनसम्म ८ महिनाको विवरण सार्वजनिक गर्दे यस्तो जानकारी दिएको हो ।

विभागका अनुसार यो व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १७।८६ प्रतिशत कम हो ।गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । समग्र आयात घटेका कारण व्यापार घाटामा कमि आएको हो ।
विभागका अनुसार ९ महिनामा कुल १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार