29.1 C
Kathmandu

लघुवित्तको खराब कर्जा बढ्योः सुपरिवेक्षण प्रतिवेदन

काठमाडौँ — गत पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको खराब कर्जा २.१२ प्रतिशत विन्दुले बढेको छ । योसँगै लघुवित्त वित्तीय संस्थाको खराब कर्जा बढेर ४.६८ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको लघुवित्त वित्तीय संस्थाहरुको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनले ०७९ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा रकममा वृद्वि भएको देखाएको हो ।

प्रतिवेदन अनुसार गत असारमा लघुवित्त वित्तीय संस्थाहरूको औसत खराब कर्जा २.५६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ८२.६२ प्रतिशत छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा १७.०३ प्रतिशतले बढेको थियो ।

पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाको शाखा विस्तार भने घटेको प्रतिवेदनले देखाएको छ । जसअनुसार अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाको शाखा संख्या ७.४४ प्रतिशतले वृद्वि भएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ०.३४ प्रतिशतले मात्रै शाखा संख्या वृद्वि भएको छ ।

गत असारसम्म ६५ वटा लघुवित्त वित्तीय संस्था रहेकोमा ०७९ पुससम्म घटेर ६४ वटा कायम भएको छ । ६४ वटा लघुवित्त वित्तीयसंस्थाहरूमध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन् । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाको सदस्य संख्या २.१९ प्रतिशतले वृद्धि भएर ५९ लाख ८८ हजार पुुगेको छ भने ऋणी संख्या १.३० प्रतिशतले घटेर ३२ लाख ६० हजार पुगेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार