29.1 C
Kathmandu

नेवानिको टिकट अव मोबाइल वालेटमै, १९ सिटे जहाजले १२ जाना मात्रै बोक्नसक्ने, यस्तो छ कारण

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई इसेवाबाट पूर्ण रुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ टिकट काट्न सक्ने प्रबन्ध गरेको भएको छ ।

क्रमशः अन्य वालेटबाट पनि सो व्यवस्था क्रमशः गर्दै जाने निगमले बताएको छ । अन्तर्राष्ट्रियतर्फ भने निगमको वेवसाइट मार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकटहरु केही समय अघिदेखि बिक्री भइरहेको निगमले जानकारी दिएको छ ।

निगमले दुर्गम÷विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको छ । निगम पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारीमा समेत रहेको छ ।

आम जनमानसमा निगमले उपलब्ध सिट समेत बिक्री नगर्ने लगायतको गुनासो आएको छ । आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए तापनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमता लगायतका विविध कारणहरुले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने भएकोले पनि आम ग्राहकले नबुझेरै गुनासो गर्ने गरेको पनि निगमको भनाइ छ ।

निगमका अनुसार विद्यमान अवस्थामा निम्न बमोजिम यात्रु सिट संख्या बिक्री गर्न सकिने जानकारी गराउँदछौंं ।

 

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार