23.1 C
Kathmandu

खर्च कटौती एैतिहासिक हो, सकारात्मक रुपमा लिनुपर्छः अर्थमन्त्री पौडेल

काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयले गरेको खर्च कटौती ऐतिहासिक भएको र यसलाई सकारात्म रुपमा लिनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक एक कार्यक्रममा उनले अहिले खर्च कटौती गर्ने निर्णय लिनु साहसिक कदम भएको बताए ।

उनले भने, खर्च कटौतीको इतिहासमा ठूला साइजको र फराकिलो खालको छ । यसलाई सबैले सकारात्मक रुपमा लिएको मैले पाएको छु । यो खर्च कटौतीले मात्रै मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान हुँदैन, ती समस्यालाई यो निर्णयले मात्रै सम्बोधन गर्न सक्दैन मन्त्री पौडेलले भने । उनले कतिपय साथीहरुले पोलिसी डिपार्चर गर्ने बेला भयो भनेर पनि सुझाव दिनु भएको पनि बताए ।

पोलिसीको निरन्तरताबाट आजको समस्या समाधान गर्न सक्दैनौ भन्ने कुरा पनि आएको छ । खर्च कटौतीसँग गासिएर बनेका विभिन्न मेकानिजम, तिनले दिएका दिएका सुझावहरु, ति प्रतिवेदनको प्रभावकारी कार्यान्वयमा ध्यान दिने पर्यो भन्ने कुरा पनि आएको भनाइ पौडेलको छ ।

अर्थ मन्त्रालयले गरेको पछिल्लो निर्णय समस्या समाधानका लागि पर्याप्त नभएकोले यसका लागि अरु प्रभावकारी पहल आवश्यक भएको पनि उनले बताए । सरकार त्यही अनुसार नै अघि बढ्नेमा पनि उनले संकेत गरे ।

मन्त्री पौडेलले भने, सरकार कसरी अघि बढदै छ भन्ने जानकारी मात्रै हो । खर्च कटौतीसँग सम्बन्धित विगतमा प्राप्त भएका प्रतिवेदन, सुझावलाई हामीले कार्यान्वयन गर्ने छौं ।

विगतका कतिपय प्रतिवेदनहरु काम नलाग्ने संगठनहरु हटाउनु पर्यो, काम नलाग्ने नीतिहरु हटाउनु पर्यो भन्ने खालको पनि सुझाव रहेका छन् । यो ठिक छ । यसका लागि केही गृहकार्य आवश्यक भनाइ पौडेलको छ ।

कस्तो नीति काम नलाग्ने, कस्तो नीति आवश्यक छ, त्यसमा हामीले छलफल गर्न आवश्यक छ । कुन कुन संरचना काम लाग्दैनन् । ति संरचनाले गरेको काम कसरी सम्पादन भएका मन्त्री पौडेको भनाइ छ ।

खर्च कटौतीका लागि मंगलबारको निर्णय सुरु हो । अन्तिम होइन । संरचनागत सुधार गर्दै नीतिगत क्षेत्रमा सुधार गर्दै राज्यको खर्च कटौती गर्न आवश्यक भएको मन्त्री पौडेको भनाइ छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार