23.1 C
Kathmandu

वायुसेवा निगम व्यवस्थापनको चरम लापर्वाहीले अन्तर्राष्ट्रिय उडान ठप्प, विमानस्थलमा यात्रुको विचल्ली

काठमाडौं । वायुसेवा निगमले ३ महिना अगाडि नै समय सकिएका करारका कर्मचारीको नवीकरण नगरेको र व्यवस्थापन निकटको मात्रै आकर्षक सेवा सुविधासहित करार नवीकरण गरेपछि क्याविन क्रु रिसाएका छन ।

निगमका एयर होस्टेज (क्याविन क्रु)ले व्यवस्थापनसमक्ष पटक पटक माग गर्दा पनि सम्बोधन नभएपछि विहीवार जहाजमा उड्ने कर्मचारी नै भएनन । विरामी परेका र करार नवीकरण नभएका र तोकिएको भन्दा बढी समय काम लगाएका एयर होस्टेलको समस्या राख्न व्यवस्थापनले जहाज उडानै बन्द गराएको छ । निगम व्यवस्थापनको अकर्मण्ड्यताका कारण विहीबार निगमको अन्तर्राष्ट्रिय उडान नै ठप्प भयो ।

नेपाल वायुसेवा निगमका क्याविन क्रुको आन्दोलनका कारण निगमको २ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको छ । क्याविन क्रुलाई वायुसेवा निगम व्यवस्थापनले नवीकरण नगरिदिएको विरोधमा उडान नै प्रभावित भएको छ । निगमको विहीवार विहान ७ बजे हुनुपर्ने रियादको र दिउँसो २ बजेको दिल्ली उडान क्यानि क्रुको आन्दोलनकै कारण रोकिएको छ ।
निगमको उडान रोकिदा यात्रुले सास्ती पाएका छन् ।

निगमको उडानमार्फत अन्तर्राष्ट्रिय उडानमा जानुपर्ने जहाज नउडेपछि विहान र दिउँसो २ वटा उडानका लागि विमानस्थ पुगेका यात्रु अलपत्र परेका छन ।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार क्याबिन क्रुको आन्दोलनका कारण उडान हुन सकेको छैन् । अहिले निगमको केन्द्रीय कार्यालयमा व्यवस्थापन र नेपाल वायुसेवा क्याविन क्रु संघबीच वार्ता भइरहेको छ । वार्तालाई सकारात्मक बनाएर उडान गराउने प्रयास भइरहेको खड्काले बताइन । उनका अनुसार विहीवार राती १० बजे क्वालालम्पुर र साढे ११ वजे दोहाको उडान तालिका रहेको छ ।

विहानदेखि निगमको उडान नै नभएका कारण यात्रुलाई सास्ती पाएकोले छिटोभन्दा छिटो उडान गराउन आफूहरु प्रयासरत रहेको निगमको भनाइ छ ।

निगम क्यावि क्रुले १५ वर्षदेखि उडान गरिहेका दुई क्याविन क्रुको नवीकरण नगरिदिएको आरोप आन्दोलिन कर्मचारीको छ । करार अवधि सकिएको तीन महिनासम्म पनि नवीकरण नगराइ उडानमा लगाइरहेको र व्यवस्थापन निकट कर्मचारीको भने आकर्षक सेवा सुविधासहित नवीकरण गराएको भन्दै संघले विरोध गरेको हो ।

क्याविन क्रुलाई मासिक १०० घण्टासम्म मात्रै उडानमा लगाउन पाइने नियम विपरित धेरै समय खटाएको, करार नवीकरण नभएका र विरामी परेका क्याविन क्रुका कारण उडान गर्न नसक्दा निगमको उडानै प्रभावित हुन पुगेका वायुसेवा निगम क्याविन क्रु संघले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार