26.1 C
Kathmandu

अर्थतन्त्रको चार महिने चित्र : रेमिट्यान्स र आयात प्रतिवन्धले डलर बढ्दा भुक्तानी सन्तुलन बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको पछिल्लो चार महिनाको तथ्यांक सार्वजनिक गरेको छ । विहीबार सार्वजनिक भएको तथ्यांक अनुसार रेमिट्यान्स २० प्रतिशतले बढेको छ ।

रेमिट्यान्स गत वर्षको पहिलो ४ महिनाको तुलनामा २० प्रतिशतले बढ्दा डलर संचितिमा राहत पुगेको छ । चार महिनामा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँले रेमिट्यान्स भित्रदा विदेशी मुद्राको संचिति १५ करोड डलरले बढेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुृसार विदेशी विनियम संचिति ९ अर्ब ६३ करोड डलर पुगेको छ । यस्तो संचिति अघिल्लो महिना ९ अर्ब ४८ करोड डलर मात्रै थियो । असारसम्ममा भने डलर संचिति ९ अर्ब ५४ करोड थियो ।

राष्ट्र बैंकका अनुसार रेमिट्यान्स आय बढेको र सरकारले वैशाखदेखि आयातमा प्रतिवन्ध लगाएका कारण अर्थतन्त्रमा सुधार भएको देखिएको छ ।

 यस्तो छ पछिल्लो चार महिनाको अर्थतन्त्रको सूचक

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार