24.1 C
Kathmandu

डलर सञ्चिति १५ करोडले बढ्यो, शोधनान्तर स्थिति दुई महिनादेखि बचतमा जान थाल्यो

काठमाडौं । विदेशी विनियम संचिति पछिल्लो समय बढेर अर्थतन्त्रमा सकारात्मक सन्देश दिइरहेको छ । पछिल्लो दुई महिनादेखि देशभित्र भित्रने र बाहिरीने रकमबीचको अन्तर शोधनान्तर स्थिति नाफामा देखिएको छ । भुक्तानी सन्तुलन बचतमा हुँदा आर्थिक अवस्थामा सुधार भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

सरकारले आयातमा कडाइ गरेर विदेशी मुद्रा सञ्चिति बढाउन गरेको प्रयास सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैैंकले जारी गरेको गत कात्तिकसम्मको तथ्यांक अनुसार विदेशी मुद्रा सञ्चिति ९ अर्ब ६३ करोड डलर पुगेको छ । यस्तो विदेशी मुद्रा सञ्चिति गत महिना असोजसम्मा भने ९ अर्ब ४८ करोड डलर रहेको थियो । गत महिनाको तुलनमा १५ करोड डलरले विदेशी मुद्रा सञ्चिति थपिएको छ ।

विदेशी मुद्रा सञ्चिति थपिएसँगै आयात धान्न सक्ने क्षमता पनि बढेको छ । यस्तो डलर सञ्चितिले ८.४ महिनाको वस्तु तथा सेवाको आयात धानन सकिने भएको छ । यस्तो आयात धान्न सक्ने क्षमता अघिल्लो महिना असोजसम्ममा ८.३ महिनालको लागि पुग्ने थियो ।

नेपाल राष्ट्र बैैंकले विहीवार जारी गरेको तथ्यांक अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति अहिलेसम्ममा २.५ प्रतिशतले वृद्धि भएको छ । कात्तिक २०७९ मा आइपुग्दा यस्तो विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले वृद्धि भएर ९ अर्ब ६३ करोड कायम भएको तथ्यांकले देखाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ छ । विभिन्न बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग भने यस्तो डलर सञ्चिति १ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ मात्रै रहेको छ । केन्द्रीय बैंकसँग रहेको कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार