23.1 C
Kathmandu

७ लघुवित्तलाई सञ्चालन अनुमति, ३ जीवन र ४ निर्जीवनले पाए अनुमति

काठमाडौ । नेपाल बीमा प्राधिकरणले चुनाव सकिएलगत्तै सातवटा कम्पनीलाई लघुबीमाको लाइसेन्स वितरण गरेको छ । प्राधिकरणले जीवनतर्फ तीन र निर्जीवनतर्फ चार लघुबीमा कम्पनीहरुलाई सञ्चालन अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको हो ।

प्राधिकरणकाअनुसार लघु जीवन बीमा ब्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघुबीमा रहेका छन् ।

त्यस्तै, लघु निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पाएका छन् ।

प्राधिकरणले भदौ १० गते एक सूचना जारी गर्दै लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको थियो । निर्वाचनअघि नै लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्ने प्राधिकरणको योजना रहे पनि निर्वाचन आयोगले स्पष्टिकरण माग गरेपछि उक्त प्रक्रिया रोकिएको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार