23.1 C
Kathmandu

चुनावी माहोल बढाउँदा नेपालबाट डलर बाहिरियो, डलरमा खर्च गर्ने ९ हजार ४ सय उम्मेदवार मध्ये कसले जिते ?

काठमाडौं । नेपालमा चुनावी माहोल तातिरहदा सामाजिक सञ्जालमार्फत डलरमा खर्च भइरहेको छ । चुनाव लागेदेखि उम्मेदवहरुले डलरमा फेसबुकमार्फत बुस्ट गरेर प्रचार गरेका छन ।

नेपालमा ९ हजार ४१७ जना उम्मेदवारले गत सेप्टेरवदेखि चुनावसम्ममा १ लाख ५७ हजार ३५३ डलर खर्चिएका छन । यस्तो खर्च नेपाली रुपैयाँमा २ करोड ६ लाख हुन आउँछ ।

नेपालमा भइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सामाजिक सञ्जालमा कन्टेन्ट तथा फोटोसहितको सूचना बुस्ट गर्न डलर खर्च भएको छ । डलर खर्च गरेर ४ हजार उम्मेदवारले प्रचार गरेका भएपनि जित्ने उम्मेदवार भने न्यून छन ।

धेरै खर्च गर्ने उम्मेदवारले नजित्ने र कम खर्च गर्नेले जित्ने भएको छ । सामाजिक सञ्जालमार्फत हुने यस्तो खर्च शिक्षित वर्ग र पहुँच पुग्नेलाई मात्रै हुने गर्छ ।

यस्तो खर्च सबै पार्टी र उम्मेदरवारबाट भइरहेको छ । पछिल्लो समय प्रतिनिधिसभाका उम्मेदवारले यस्तो खर्च बढी गरेका छन । खर्च बढी गर्नेमा काठमाडौैं र ठूला शहरका उम्मेदवारबाट भएको देखिएको छ ।

कसले कति खर्च गरे हेर्नुस्, सूचीसहित

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार