29.1 C
Kathmandu

बैंकहरुमा ४ अर्बले निक्षेप बढ्यो, बैंकहरुमा ४५ खर्ब ६२ अर्ब पुग्यो निक्षेप

काठमाडौं । वाणिज्य बैंकहरुमा एक सतामा ४ अर्बले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघले जारी गरेको तथ्यांक अनुसार २ मंसिरको तुलनामा ९ मंसिरसम्ममा ४ अर्बले निक्षेप बढेको छ ।

२ मंसिरमा ४५ खर्ब ५८ अर्ब रुपैयाँ रहेको निक्षेप बढेर ९ मंसिरमा आइपग्दा ४५ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।
कात्तिक मसान्तसम्मा बैंकहरुमा ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप थियो ।

यस्तो निक्षेप पहिलो साता ५ अर्बले घटेको छ । दोस्रो सातामा भने कात्तिक मसान्तको तुलनामा १ अर्बले घटेको भएपनि २ मंसिरको तुलनामा भने ४ अर्बले बढेको देखिएको छ ।

यो अवधिमा बैंकिहरुले कर्जा प्रवाह भने ३ अर्बले बढाएका छन । एक सातामा बढेको यस्तो कर्जा २ मंसिरपछि ९ मंसिरसम्मको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार