29.1 C
Kathmandu

चौधौं पटक मन्त्री परिषद पुनर्गठन, यस्ता छ्न नयाँ अनुहार 

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री देउवाले माओवादी केन्द्र र कांग्रेसबाट बनेका मन्त्रीहरुलाई यथावत राख्दै एकीकृत समाजवादीका मन्त्रीहरु परिवर्तन गरेका हुन् । जसअनुसार सस्कृति तथा पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठलाई नियुक्त गरेका छन् । यसअघि पर्यटनमन्त्रीमा प्रेम आले थिए । आलेले मन्त्रीपदबाट राजीनामा दिएर आइतबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी करिब ९ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका थिए

सहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएपछि उक्त मन्त्रालयमा मेटमणी चौधरी नियुक्त भएका छन् ।

साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको स्थानमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा किसान श्रेष्ठले राजीनामा दिएपछि शेरबहादुर कुँवर नियुक्त भएका छन् ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार