26.1 C
Kathmandu

गणपुरक नपुगेको बैठकबाट पर्यटन बोर्डको सीईओ बर्खास्त, माइन्युट गराउन घरघर

काठमाडौ ।गणपुरक नपुगेको बैठकबाट नेपाल पर्यटन बोर्डको सीईओ बर्खास्तको निर्णय भएको छ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनन्जय रेग्मीलाई हटाउन आइतबार बोलाइएको बोर्ड बैठकमा कोरम नै पुगेन तर पनि निर्णय पुस्तिकामा हस्ताक्षर गराउन घर घर जान थालिएको छ । तै पनि बोर्ड सदस्यले मानेका छैनन । बोर्डका एक उच्च अधिकारी भने जसरी पनि गणपुरक पुर्याउने पक्षमा छन ।  सचिव तथा बोर्ड अध्यक्ष महेश्वर न्यौपानेले आइतवार पर्यटन मन्त्रालयमै बोलाएको बोर्ड बैठकमा बहुमन नपुगेपछि बैठक नै नभएको पर्यटन बोर्डकी एक सदस्यले बताइन ।
बोर्डको बैठकमा बहुमत नपुगेपनि घरघर लगेर हस्ताक्षर गरेर सीईओ हटाउन केही सदस्य लागि परेको जानकारी आफूले पाएको सीईओ रेग्मीले बताए । रेग्मी आइतवारको वैठकमा भने उपस्थित भएनन् । बोर्ड बैठकमा सरकारी प्रतिनिधि र प्रेम आलेले नियुक्त गरेका सदस्य मात्रै उपस्थित थिए ।
पर्यटन बोर्डका एक वरिष्ठ अधिकारीका अनुसार सीईओ वखास्तको प्रस्ताव सहित बोर्ड बैठक बसेको छ । बहुमत पुगेको अवस्थामा सीईओ हट्ने भनाइ ती अधिकारीको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार