23.1 C
Kathmandu

तेलको मुल्य घट्दा गाडी भाडा घट्यो, प्लेन भाडाचाहिँ किन घटेन

काठमाडौ । सरकारले पेट्रोलियम पदर्थको मुल्य घटाएसगै गाडी भाडा घटेको छ । तर, मुल्य घट्दा घट्ने र बड्दा बड्ने गरि ११ बर्ष आगाडी लागू भएको स्वचालित मुल्य प्रणालीको हवाई भाडा भने घटेको छैन ।
उल्टै वायुसेवा संचालक संघले हवाई इन्धनमा बढीमा १० रुपैयाँ मात्र नाफा लिनुपर्ने भन्दै प्रेस बिज्ञप्त्ति निकालेर बसेका छन ।
सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ। सोमबारदेखि लागु हुने गरी यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको हो।
पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी ६.७९ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको ७.६८ प्रतिशत भाडा घटेको छ। नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल लिटरको २० रुपैयाँ र डिजल २९ रुपैयाँ घटाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि घटेको हो।
मूल्य घटेसँगै पेट्रोल १७९ रुपैयाँ लिटर र डिजल १६३ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। घटेको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई संचालन हुने राष्ट्रिय रुटमा लागु हुनेछ। स्थानीय रुटमा संचालन हुने रुटका लागि प्रदेश सरकारले निर्णय गर्नुपर्छ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा बढ्ने वा घट्ने हुन्छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार