26.1 C
Kathmandu

तारा एयर दुर्घटनाले आन्तरिक उडानमा कडाइ, मौससम्बन्धी निर्णय विमानस्थललाई र हेलिकप्टरमा समेत दुई पाइलट

काठमाडौं । तारा एयरको जहाज दुर्घटनाले आन्तरिक हवाई उडानलाई व्यवस्थित गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले कडा कदम अगाडि सार्ने निर्णय गरेको छ ।

आन्तरिक उडानमा जहाजको इनरुटको मौसम सम्बन्धी निर्णय गर्ने अधिकार विमानस्थलले मात्रै गर्ने भएको छ । हालसम्म पाइलट इन कमान्डमा रहेको अधिकार अब विमानस्थलमा मात्रै सीमित गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए ।

‘यो निर्णयपछि अब जहाजको रुटको मौसम सम्बन्धी निर्णय विमानस्थलबाट मात्रै हुनेछ । हाल क्याप्टेनले मात्रै गर्न सक्ने यस्तो निर्णय अब हरेक विमानस्थलले नै गरेर उडान अनुमति दिनेछ,’ उनले भने, ‘प्राधिकरणको यो निर्णयपछि मौसम पूर्णतः सफा भएको यकिन गरेर विमानस्थलले अनुमति नदिएसम्म कुनै पनि आन्तरिक उडान हुँदैन ।’

मौसम पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने विज्ञहरुले चेतावनीसमेत दिएका छन् । जेठ १५ गते भएको तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै उडान भरेको भन्ने तथ्यहरु सार्वजनिक भइरहेको र विगतका केही विमान दुर्घटना पनि पूर्वानुमान विपरित उडान गर्दा दुर्घटना भएको भन्दै विज्ञहरुले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

यो दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलोपटक हेलिकप्टरमा समेत दुई जना पाइलटको व्यवस्था गराउने भएको छ । यो व्यवस्थाका लागि प्राधिकरणले अध्ययन गर्ने भएको छ । अध्ययन गर्न एउटा समिति पनि बनाएको छ । सोही समितिले दिएको सुझावका अनुसार अब प्राधिरकणले निर्णय गरेर हेलिकप्टरमा दुई जना पाइलटको व्यवस्था गर्ने निर्णय भएको कर्णले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार