29.1 C
Kathmandu

बजेटपछि तरलतामा सुधारको संकेत, दुई सातामा बैंकिङ प्रणालीमा थपियो १३ अर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटपछि बैंकहरुमा लगानीयोग्य रकम (तरलता)मा सुधारको संकेत देखिएको छ । पछिल्लो दुई सातामा बैंकिङ प्रणालीमा १३ अर्ब रुपैयाँ थपिएपछि तरलता सुधार आउने अपेक्षा गरिएको छ ।

बैंकर्स संघ नेपालले सार्वजनिक गरेको १३ जेठसम्मको तथ्यांक अनुसार बैशाखपछि १३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । बैशाख मसान्तमा बैंकमा ४३ खर्ब ७० अर्ब मात्रै रहेको यस्तो तरला अहिले बढेको देखिएको छ । हाल बैंकहरुमा भएको यस्तो निक्षेप रकम ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।

यो अवधिसम्ममा बाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जा ४१ खर्ब ९८ अर्ब रुपैयाँ रहेको छ । यस्तो कर्जा रकम दुई साता अगाडि ४१ खर्ब ९४ अर्ब रुपैयाँ मात्रै थियो ।

त्यसो त बैंकहरुमा बैशाख ९ बढी निरन्तर निक्षेप बढीरहेको छ । बैशाख ९ मा ४३ खर्ब ६८ अर्ब रहेको निक्षेप एक महिनामा १६ अर्ब रुपैयाँले बढेको छ । यो अवधिमा प्रवाह भएको कर्जा भने ४ अर्ब रुपैयाँले मात्रै बढेको देखिएको छ ।

बैंकमा पैसा आउन थाल्नुलाई चुनावमा खर्च भएको पैसा आउन थालेको पनि अनुमान गरिएको छ । बैंहरुमा घट्दै गएको तरलता विस्तारै बढ्दै जानु र निर्वाचनमा खर्च भएको पैसा बैंकहरुमा आउनुले तरलता सहज बनाउने अनुमान पनि गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार