23.1 C
Kathmandu

४ खर्ब ९८ अर्ब घाटाको बजेट, कसरी पूर्ति हुन्छ नपुग रकम ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि विनियोज गरेको बजेट ४ खर्ब ९८ अर्ब घाटाको छ । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को यो बजेटमा आम्दानी भन्दा खर्च बढी हुँदा घाटामा जाने गरी बजेट तय भएको छ । भलै उक्त रकमलाई वैदेशिक तथा आन्तरिक ऋणबाट उठाउने घोषणा अर्थमन्त्री शर्माले गरेका छन् ।

बजेटको स्रोतमा राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ र वैदेशिक अनुदान ५५ अर्ब ४६ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ । बजेटमा जुट्ने स्रोतमा अपुग रकम ४ खर्ब ९८ अर्ब नै बजेट घाटा हो । यसरी अपुग भएको स्रोतमा वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब र २ खर्ब ५६ अर्ब आन्तरिक उठाइने लक्ष्य सरकारले सार्वजनिक गरेको छ । यस्तो बजेट घाटा चालू आवमा पनि ५ खर्ब ५९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

बजेटमा चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड विनियोजन गरिएको छ भने पुँजीगत तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन भएको छ ।

सरकारले आगामी आवको बजेटका लागि वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश तथा स्थानी तहमा सरकाले ४ खर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरेको पनि अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

यो वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यो बजेट गत वर्षको भन्दा १ खर्ब ६१ अर्ब रुपैयाँले बढी हो । गत वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार