29.1 C
Kathmandu

लोकरिझ्याईंको चुनावी बजेट, सबैलाई खुशी पार्ने प्रयास

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९, ८० को बजेट लोकरिझ्याईंको चुनावी बजेट ल्याउँदा सबैलाई खुशी पार्ने गरी ल्याएको छ । वृद्धभत्ता ६८ वर्षमै दिएको छ । कर्मचारीलाई १५ प्रतिशत तलब बढाएको छ ।

निजी क्षेत्रका काम गर्ने कर्मचारीलाई पनि आयकरको सीमा बढाएर सम्बोधन गरेको छ । एकल व्यक्तिको लागि ५ लाख र विवाहितको लागि ६ लाखसम्म जम्मा १ प्रतिशत मात्रै कर लाग्ने व्यवस्था गरेको छ । निर्यातमूलक उद्योगलाई प्रवर्द्धन गर्ने र ८ प्रतिशतको नगद अनुदानले निजी क्षेत्रलाई खुशी बनाएको छ ।

बजेटले करको सीमा घटबढ गर्दा निजी क्षेत्रलाई लाभ हुने गरी गरेको छ । कोभिड प्रभावित उद्योगीलाई ५० प्रतिशत छुट, एसेम्बल उद्योगको पाटपुर्जामा ५० प्रतिशत छुट, एसेम्बल उद्योगलाई ४० प्रतिशत आयकर छुट, निर्यातजन्य वस्तुको भन्सार छुट, कृषिजन्य उद्योगमा ५ वर्षसम्म कर छुट, स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत छु, स्कुल बस किन्दा ७५ प्रतिशत छुटसहितको व्यवस्थाले निजी क्षेत्रलाई खुशी पार्न खोजेको छ ।

बैंक तथा वित्तीय संस्थामा रहने सर्वसाधारणको निक्षेपमा ५ लाखसम्मको बीमा, बीमा कम्पनीहरूले पनि स्वास्थ्य बीमा गराउन पाउने व्यवस्था भएको छ भने नयाँ लघुबिमा लाइसेन्स पाउने भएको छ । वैदेशिक रोजगारीमा गएका मजदुरलाई आइपीओमा १० प्रतिशत संरक्षण पाउने भएका छन् ।

बजेटले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । रेलमार्गलाई प्राथमिकता दिएको छ भने १३ वटा नयाँ जलविद्युत आयोजना निर्माण गर्ने र विदेशी लगानी संरक्षित गर्न हेजिङ फन्डको व्यवस्था गर्ने भएको छ ।

बजेटले व्यापारको भन्दा उद्योगको ऋण सस्तो हुने व्यवस्था गरेको छ । यसले उद्योग प्रवद्र्धन गर्ने भएको छ ।

स्थानीय तहमार्फत हरेक परिवारलाई एकएक वटा विद्युतीय चुल्हो दिने घोषणाले आम उपभोक्तालाई लाभ हुने भएको छ । समग्रमा बजेट चुनावी बर्ष भएकोले सबैलाई खुशी पर्ने र भोट तान्ने गरी आएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार