23.1 C
Kathmandu

बजेट नीजि क्षेत्र मैत्री, एजेन्डा समावेश भयो कार्यान्वयन पक्ष बलियो हुनपर्नेमा जोड

काठमाडौं । निजी क्षेत्रले बजेटलाई सरकारात्मक भन्नुका साथै आफ्ना माग सम्बोधन भएर आएको पनि बनाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/७९ को बजेटलाई नेपालको निजी क्षेत्रले सकारात्मक भनेको छ भने सरकारले अधिकांश एजेन्डा समावेश गरेर बजेट ल्याइदिएको पनि बताएको छ ।

नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट निजी क्षेत्रमैत्री भएको बताएका छन् । उनले भने यो बजेटले निजीि क्षेत्रले उठाएको एजेन्डा समावेश गरेकोले अब कर्यान्व्यनपक्ष बलियो हुनुपर्छ। गोल्छाका अनुसार निजी क्षेत्रको अपेक्षा अनुसारको कृषि र उद्योगका विषयमा धेरै विषय समेटिएर आएको छ ।

‘यो वर्षको बजेटले साना र ठूला सबैजसो उद्योगलाई सम्बोधन गरिएको छ भने निर्यातमा दिएको सुविधा सकारात्मक छ । विदेशी मुद्रा आर्जनका लागि विदेशीलाई अर्पाटमेन्ट किन्न दिने विषयसमेत सकारात्मक भएको उनले तर्क दिए ।
अहिले निजी क्षेत्रका अधिकांश माग समेटिएका पनि छन भने समग्रमा बजेटको प्रारम्भिक बुझाइ सकारात्मक भएको पनि उनले बताए ।

नेपाल उद्योग परिसंघको अध्यक्ष विष्णु अग्रवालले पनि बजेटले निजी क्षेत्रको समस्यालाई सम्बोधन गरेर आएको बताएका छन् । उनले भने भनेका छन, रुग्ण उद्योगको जग्गा बेच्ने र व्यवस्थापन पनि सम्बोधन गरेको बताए ।

निर्यातलाई प्रवर्द्धन गर्न ८ प्रतिशतसम्म अनुदान दिने विषय सकारात्मक हो । १० अर्बभन्दा धेरै निर्यात गर्नेलाई विद्युतमा सहुलियत दिनु, एक परिवार एक विद्युतीय चुलो कार्यक्रम पनि सकारात्मक भएको अग्रवालले बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटको आकार र ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य राम्रो छ । यसलाई कार्यान्वयनमा गर्न सकियो र अपेक्षा अनुसारको उपलब्धी हासिल हुने अवस्था भयो भने पक्कै पनि देश विकासमा यो बजेट प्रभावकारी हुन्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार