26.1 C
Kathmandu

बैंकको निक्षेप संकलनमा २ अर्ब बढ्दा २ अर्बले नै कर्जा घट्यो

काठमाडौं । वाणिज्य बैंकहरूले चैतको दोस्रो सातासम्मको निक्षेप संकलनमा २ अर्बले मात्रै सुधार भएको छ । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनले सार्वजनिक गरेको १२ चैतसम्मको तथ्यांक अनुसार बैंकहरूमा ४ चैतको तुलनामा जम्मा २ अर्बले मात्रै निक्षेप बढेको छ । यो अवधिसम्ममा वाणिज्य बैंकहरूको कर्जा प्रवाह पनि २ अर्ब रुपैयाँले नै बढेको छ ।

वाणिज्य बैंकहरूमा चैत १२ सम्म आइपुग्दा निक्षेप संकलन ४३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको पनि तथ्यांकले देखाएको छ । बैंकहरूमा फागुन मसान्तमा जम्मा भएको निक्षेपको तुलनामा भने अझै ३ अर्ब रुपैयाँ निक्षेप र २ अर्ब रुपैयाँ कर्जा प्रवाहमा कमी आएको छ ।

फागुन मसान्तमा वाणिज्य बैंकहरूमा ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन थियो । यो अवधिमा कर्जा प्रवाह ४१ खर्ब ७२ अर्ब रुपैयाँ रहेको पनि बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकले देखिएको छ ।

यस्तो छ यो वर्षको बैंकहरुको निक्षेप तथा कर्जा विस्तार विवरण

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार