26.1 C
Kathmandu

विरोध पछि लुम्बिनी प्रादेशिक अस्पताल निर्माण ठेक्का रद्द

काठमाडौँ / लुम्बिनी प्रादेशिक अस्पताल निर्माणमा गरिएको ठेक्का रद्द गरिएको छ । सीमित निर्माण व्यवसायीले मात्र सहभागि हुन पाउने व्यवस्था गर्दै बोलपत्र आह्वान गरिएपछि मिलेमतो भएको भन्दै यो ठेक्का प्रक्रिया रद्द गर्न चौतर्फी विरोध भइरहेको थियो । चौतर्फी विरोध भएपछि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले ठेक्का रद्द गरेको हो ।

रसुवाका सांसद मोहन आचार्य र कांग्रेस निकट रमेश शर्माको निर्माण कम्पनीलाई मात्रै अनुकूल हुनेगरी मापदण्ड बनाएर अस्पताल निर्माणका लागि पाँच अर्ब रुपैयाँको ठेक्का दिन लागिएको थियो । गत फागुन ८ मा ठेक्काका लागि बोलपत्र आह्वान गरेको थियो ।

ठेक्का रद्दसँगै प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले समेत राजीनामा दिएका छन् । ठेक्कामा मिलेमतो जस्तो पनि देखिएको र दवाव धान्न नसकेको बताउँदै राजीनामा दिएको उनले बताए ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार