29.1 C
Kathmandu

खरिद नियमावली ११औं संशोधन निर्माण व्यवसायीलाई मान्य नहुने

काठमाडौं / नेपाल निर्माण व्यवसायी महासंघले सरकारले हालै जारी गरेको सार्वजनिक खरिद नियमावली ११औं संशोधन मान्य नहुने बताएका छन् ।

संघका अध्यक्ष रवि सिंहले सरकारले ठूला निर्माण कम्पनीलाई कार्टेंलिङ गर्न सहज बनाउने र साना निर्माण कम्पनीलाई विभेद गर्ने किसिमले नियमावली संशोधन गरेको भन्दै व्यवसायीहरुलाई संशोधन मान्य नहुने उल्लेख गरेका छन् ।

सरकारले महासंघसँग गरेको सहमति भन्दा भिन्न तरिकाले नियमावली बनाएको बताउँदै अध्यक्ष सिंहले यसले साना निर्माण व्यवसायीलाई विभेद गरेको बताए । उनले भने—‘नियमावली ११औं संशोधनले साना व्यवसायीहरुको वृत्तिविकासलाई पूर्णतयाः निषेध गरेको छ । सरकारले यस्तो नीति लिनु सरासर गलत हो ।’

५ करोड रुपैयाँसम्मको काम श्रम सहकारीमार्फत गर्न दिएर भ्रष्टाचार र अनियमितता गर्ने बाटो खुला गर्नमा सरकार नै अग्रसर भएको अध्यक्ष सिंहले दाबी छ ।

सरकारले खरिद नियमावली ११ औं संशोधन तत्काल नसच्याए महासंघ देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिँदै अध्यक्ष सिंहले १४ चैतमा सार्वजनिक खरिद नियमावली ११ औं संशोधनको विरोधमा निर्माण व्यवसायीहरुको राष्ट्रिय भेला आयोजना गर्ने लागिएको बताए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार