काठमाडौं । धादिङ जिल्लाको धुनिबेशी नगर पालिका वडा नं १ मा जुत्ता बनाउने तालिम प्रदान गरिएको छ । महिलहरुले विद्यार्थिहरुले लगाउने जुता र चप्पल बनाउने तलिम लिएका हुन ।
तालिमपछि अगाम बर्ष नै यसै वडाका वेरोजगार दिदीबहिनीहरु २५० जनालाई रोजगारी हुने गरि कारखाना स्थापन गर्ने एजेन्डा हरेको धुनीबेशी १ का वडाध्यक्ष चद्र तामाङले बताएका छन् ।
उनले तालिमको लक्ष्य नै बेरोजगारलाई रोजगाी दिने भएकोले बताउँदै तालिमपछि जुत्ता कारकाना स्थापना गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।