23.1 C
Kathmandu

दरबार मार्गमा गुण ग्रुपको ५ तारे स्तरको सिनेमा हल ‘दरबार सिनेम्याक्स’, फोटो फिचरसहित

काठमाडौं । व्यवसायीक घराना गुण ग्रुपले दरबारमार्गमा ५ तारे स्तरको सिनेमा घर सञ्चालनमा ल्याउने भएको छ । गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यले दरबार सिनेम्याक्स नामको लक्जरियस सिनेमाघर छिट्टै सञ्चालनमा आउने जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा ७ वटा फोटो अपडेट गर्दै लेखेको स्टाटमा उक्त सिनेमा क्युएफएक्स दरबारमार्ग हुने भएको छ । दुई वटा हल भएको र आधुनिक डिजाइनको यो सिनेमा घर पाँचारे स्तरको हुने पनि शाक्यले बताएका छन ।

कोभिडले थला परेको मध्ये एक सिनेमा क्षेत्र पनि हो । यो क्षेत्रलाई पुनरजागृत गर्न शाक्यको नयाँ सिनेमाघरले थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ । कोरोनाले कहरमा रुमलिएको सिनेमा हलको व्यवसाय रिभाइभ हुन नपाउँदै राजेन्द्र शाक्यले भने दरबारमार्गमा लक्जरी सिनेमा हल शुरु गर्न लागेको हुन ।

सिनेमा हलमा टिकटको मुल्य न्यूनतम १ हजार रुपैयाँ हुनेछ । त्यसबाहेक चलचित्र अनुसार टिकटको मूल्य १५ सयदेखि २ हजार रुपैयाँसम्म पनि पुग्न सक्छ जानकारी दिइएको छ । एउटा हलमा ५० वटा मात्रै सिट हुनेछन् । सबै फोल्डिङ सिट हुनेछन् भने सुतेरै सिनेमा हेर्न सकिनेसहिको सुविधा छ ।

शाक्यको हवाई उड्डयन, घरजग्गा, सुनचाँदीको व्यापार, गुण कोअपरेटिभसहित २५ वर्षदेखि गुण सिनेमामार्फत् सिनेमा हलको व्यवसाय गरिरहेका छन् ।

हाल क्यूएफएक्स अन्तर्गत काठमाडौं सुन्धाराको सिभिल मल, ठमेलको छाँया सेन्टर, ललितपुरको लबिम मल, क्यूएफएक्स भक्तपुर, क्यूएफएक्स वन स्टप, क्यूएफएक्स दमौली, क्यूएफएक्स बुटवल, क्यूएफएक्स जाल्मा, क्यूएफएक्स बिराटनगर र क्यूएफएक्स बागेश्वरी सञ्चालनमा छन् ।

यस्तो छ दरबार सिनेम्याक्सको फोटो फिचर

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार