29.1 C
Kathmandu

तरलता अभावले वित्तीय संस्थाहरुमा छटपटि, २२ अर्ब निक्षेप संकलन गर्दा १७ अर्ब मात्रै कर्जा प्रवाह

काठमाडौं । बैंकहरुमा तरलता अभाव भएका कारण चालू आवको ८ महिना लागिसक्दा पनि वित्तीय संस्थामा लगानीयोग्य रकम आउन सकेको छैन् । बैंकहरुमा तरलता अभाव सहज नहुँदा निक्षेप कम भएको र कर्जा प्रवाह पनि कम हुँदै गएको छ ।

बैंकहरुमा निक्षेप र कर्जा दुबै घटेको छ । चैत पहिलो साता वाणिज्य बैंकहरुमा ५ अर्ब रुपैयाँले निक्षेप संकलन घट्दा कर्जा प्रवाह पनि ४ अर्ब रुपैयाँले घटेको छ ।

वाणिज्य बैंकहरुमा ३० फागुनको तुलनामा ४ चैतमा ४३ खर्ब ३३ अर्ब रुपैयाँको निक्षेप घटेर ४३ खर्ब २८ अर्ब रुपैयाँमा झरेको छ । यो अवधिमा बैंकहरुले प्रवाह गरेको कर्जा पनि ४१ खर्ब ७२ अर्ब रुपैयाँबाट घटेर ४१ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको छ ।

फागुन लागेपछि सुधार हुँदै गएको वाणिज्य बैंकहरुको निक्षेप चैत लागेपछि पुनः घट्न सक्ने संकेत पहिलो साताको तथ्यांकले देखाएको छ । पछिल्लो समय बैंकहरुमा चुलिँदै गएको तरलता अभावका कारण बैंकहरुको निक्षेप बढ्न नसक्दा कर्जा प्रवाह पनि कमी आएको थियो ।

वाणिज्य बैंकहरुमा फागनु महिनामा जम्मा २२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यो अवधिमा बैंकहरुले प्रवाह गरेको कर्जा १७ अर्ब रुपैयाँ मात्रै छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार