23.1 C
Kathmandu

युएईमा जारी आइसीसी विश्वकप लिगमा नेपालले पपुवा न्युगिनीलाई जित्यो, अब शुक्रबार ओमानसँग भिड्ने

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक क्रिकेटमा पपुवा न्युगिनिमाथि जित हासिल गरेको छ । प्रतियोगितामा बुधबार पुपुवा न्युगिनीमाथि दुई विकेटको कठिन जित हात पारेको हो। संयुक्त अरब इमिरेट् (युएई)को सारजहाँ रंगशालामा भएको उक्त खेलमा नेपाले पपुवा न्युगिनीमाथि जित हासिल गरेको छ ।

निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रनको मध्यम योगफल खडा गरेको थियो। प्रत्युत्तरमा नेपालले ४९.२ ओभरमा आठ विकेटको क्षतिमा दुई सय १० रन जोडेको थियो।

नेपालको जितमा इनिङ्सको ४९औँ ओभरमा अलराउन्डर करण केसीले आवश्यक रन पूरा गरेका थिए। अन्तिम ओभरमा नेपाललाई ६ बलमा पाँच रन चाहिएको थियो। पुपुवा न्युगिनीबाट अन्तिम ओभर रिलेय हेकुरेले बल फ्याँकेका थिए। हेकुरेलको पहिलो बल लेग वाईका रूपमा चौका भएको थियो। त्यसपछि दोस्रो बलमा करणले छक्का प्रहार गरी नेपाललाई जित दिलाए।

नेपालले विश्वकप लिग २ मा नौ खेलबाट १० अंक जोडेको छ। नेपाल छैटौँ स्थानमा छ। करणले २५ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २९ रनको नटआउट इनिङ्स खेलेका थिए।

यसैगरी मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले सर्वाधिक ५८ रनको योगदान दिए। रोहितको यो चौथो एकदिवसीय अर्धशतक हो। उनले ८५ बलमा चार चौका प्रहार गरेका थिए। आरिफ शेख ८१ बलमा दुई चौकाको सहयोगमा ५३ रन बनाए। आरिफको यो पहिलो एकदिवसीय अर्धशतक हो।

लक्ष्य पछ्याएको इनिङ्समा नेपाल एक समय ४२–४ को कमजोर अवस्थामा थियो। पाँचौँ विकेटका लागि आरिफ र रोहितले एक सय दुई रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जिततर्फ लगे। यसअघि एकदिवसीयमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले गत असोजमा ओमानविरुद्ध दोस्रो विकेटका लागि ९५ रनको सर्वाधिक साझेदारी गरेका थिए। ब्याटिङमा असफल भएका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले बलिङमा एक विकेट लिन सफल भए।

एकदिवसीय खेलमा पहिलो विकेटका रूपमा उनले पपुवा न्युगिनीका मुख्य ब्याट्सम्यान तथा कप्तान असाद भालालाई इनिङ्सको २४औँ ओभरमा कुशल भुर्तेल क्याचआउट गराए।

भालाले ५२ बलमा एक चौका प्रहार गरे। बलिङमा सोमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए। कप्तान सन्दीप लामिछानेले १० ओभरमा ३० रन खर्चेर १ विकेट हात पारे। आरिफ शेखले ६ ओभरमा १६ रन खर्चेर एक विकेट लिए। नेपालबाट सागर ढकालले एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन्।

सागरले आफ्नो डेब्यु खेलमा बलिङ मात्र गर्न अवसर पाए। उनले चार ओभर गरी २४ रन खर्चे। पपुवा न्युगिनीविरुद्ध रोहितकुमार पौडेल म्यान अफ दी म्याच भए। नेपालले दोस्रो खेल घरेलु टोली ओमानसँग शुक्रबार खेल्नेछ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार