29.1 C
Kathmandu

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य !!

काठमाडौँ / नेपाल आयल निगमले बुधवार राति १२ बजे देखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनले उच्च मूल्य बृद्धि गरेर पठाएपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।


पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य बढाइएको छ । बढेको मूल्य बुधवार राती १२ बजे देखि लागू हुने निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार