29.1 C
Kathmandu

बजेट लेख्न पाँच सदस्यीय समिति बन्यो, कोको परे अर्थमन्त्रीको कोर टीममा ?

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि करिब १८ खर्ब रुपैयाँको बजेट तयार पार्न बजेट लेखन समिति गठन गरेको छ । सरकारले पाएको १७ खर्ब ९२ अर्ब रुपैयाँको सीमाभित्र रहेर बन्ने बजेट लेखनका लागि अर्थ मन्त्रालयले पाँच सदस्सीय समिति गठन गरेको हो ।

आगामी आर्थिक वर्ष ०७९र८० को बजेट लेख्न अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा २९ फागुनमा बसेको बैठकले यस्तो समिति बनाएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल रहेका छन् ।

सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख ईश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी रहेका छन् । यी सदस्यहरुलाई अर्थमन्त्रीको बजेट लेखनको कोर टीम पनि भनिने गरिन्छ ।

समितिलाई संसद्को दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने तथा आर्थिक वर्ष ०७९र८० को बजेट वक्तव्यको मस्यौदा तयार गरी पेस गर्ने गरी दुईवटा कार्यक्षेत्र तोकिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थले बजेटका लागि बनाएको यो टेलीले तयार पारेको अन्तिम खाकामाथि नै अर्थमन्त्रीले आफ्ना योजना र आवश्यक विषय थप गर्न लगाएर आगामी १५ जेठमा बजेट सार्वजनिक गर्छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार