23.1 C
Kathmandu

नेपाल भारत मैत्री धर्मशालाको छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने

काठमाडौं / बतास समूहले सञ्चालन गर्दै आइरहेको तिलगंगामा अवस्थित नेपाल भारत मैत्री धर्मशालाको बारेमा छानबीन गर्न गठित समितिले भोलि प्रतिवेदन बुझाउने भएको छ । छानबीन समितिका संयोजक नारायण सुवेदीका अनुसार सोमबार अपराह्न चार बजे पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्ने गरिने छ ।

नारायणहिटी दरवार संग्राहलयमा रेष्टुरेष्ट खोल्ने प्रकरणमा बतास समूहले गलत काम गरेको भन्दै छानबिन समिततिले प्रतिवेदन बुझाइसकेको छ । यो प्रकरण पछि पशुपतिस्थित धर्मशालाको समेत छानबिन शुरु भएको थियो ।

यसैवीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आइतबार बतास समूहले संचालन गर्दै आएको धर्मशाला अवलोकन गरेका छन् । धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको मन्त्री आलेले प्रतिक्रिया दिएका छन् । धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताउँदै मन्त्री आललेले छानबिन समितिले प्रतिबेदन बुझाएपछि धर्मशालामा के भएको छ भन्ने थाहा हुने बताए ।
समितिले प्रतिबेदन बुझाएपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए ।

भारत सरकारको २५ करोड लगानी रहेको बताउँदै मन्त्री ओलेले भने, ‘तीर्थयात्रीहरु सस्तो सुलभ मूल्यमा बस्न पाउन् भन्ने उद्देश्यले बनाइएको धर्मशाला धर्मशालाको रुपमा नभएर शानदार आलिशान, छ । ’पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर तिलगंगामा धर्मशाला बनाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

अहिले बतास समूहले धर्मशालामा ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुँदै आएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार