29.1 C
Kathmandu

बैंकहरुको सात महिनाको नाफा ४५ अर्ब, नबिललाई उछिन्यो ग्लोबल आइएमईले

काठमाडौं । बैंकहरुको साता महिनाको कमाइ आधा खर्ब नजिक पुगेको छ । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्त कम्पनीले ४४ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ४० अर्ब २४ करोड, विकास बैंकहरुले ३ अर्ब ८८ करोड र वित्त कम्पनीहरुले ७७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

सो अवधिमा वाणिज्य बैंकहरुमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले खुद नाफा आर्जन गर्न सफल भएको छ । ७ महिनामा सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने बैंकहरुको सूचीको दोस्रो नम्बरमा एनआइसी एशिया र तेस्रोमा नबिल बैंक छन् ।

ग्लोबल आइएमई बैंकले चालु आवको माघ महिनासम्म ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा एनआइसी एशियाले २ अर्ब ८५ करोड ९३ लाख र नबिल बैंकले २ अर्ब ६२ करोड रुपैयाँँ खुद नाफा कमाएको हो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये सबैभन्दा कम सिभिल बैंकले खुद नाफा कमाएको छ । बैंकले चालु आवको माघ मसान्तसम्म ६१ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको हो ।

सो अवधिमा ५ वटा वाणिज्य बैंकले २ अर्ब रुपैयाँदेखि १ अर्ब ३ करोड रुपैयाँसम्म, १५ वटाले १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म र ७ वटा वाणिज्य बैंकले १ अर्ब रुपैयाँभन्दा कम खुद नाफा आर्जन गरेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार