26.1 C
Kathmandu

नगदरहित कारोबार बढ्दा वालेटमा कारोबार घट्यो, अन्तरआवद्धतापछि वालेटबाट किन घट्यो २ अर्बको कारोबार ?

काठमाडौं । नगदरहित कारोबार बढ्दा वालेटमा भने घटेको छ । वालेटहरुले एक अर्काबीच कारोबार गर्न पाउने अन्तरआवद्धताको सुविधा पाएपछि पनि वालेटबाट हुने कारोबार भने झण्डै दुई अर्ब रुपैयाँले घटेको छ ।

वालेटमार्फत गत पुस मसान्तसम्म १६ अर्ब २७ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएकामा माघ मसान्तसम्म भने १४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । विद्युतीय भुक्तानीका लागि कनेक्ट आइपिएस, विभिन्न वालेट सेवा प्रदायक कम्पनी क्रियाशिल छन् ।

नेपाल राष्ट्र बैंकले पनि नगद रहित कारोबारलाई प्रोत्साहित गरिरहेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तसम्म ६ अर्ब ८९ करोड २० लाख रुपैयाँ बराबरको भुक्तानी क्यू आरकोडमार्फत भएको छ । गत पुस मसान्तमा त्यस्तो भुक्तानी ६ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबर थियो ।

भुक्तानीको सर्वसुलभ माध्यम बनेको कनेक्ट आइपिएसमार्फत गत माघ मसान्तसम्म २ खर्ब ३६ अर्ब ४२ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो महिना भने २ खर्ब ४७ अर्ब ४७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार