24.1 C
Kathmandu

एक खर्बको निक्षेपबाट पाँच खर्ब लगानी, कहिले सुध्रन्छ मुलुकको अर्थतन्त्र ?

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले जम्मा १ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा प्रवाह भने ५ खर्ब ७ अर्र्ब पुर्याएका छन । मुलुकको अर्थतन्त्र चिन्ताजनक रुपमा ओरालो लागेको चिन्ता बढीरहेका बेला बैंकहरुमा पनि स्रोतको अभाव हुँदा निक्षेप भन्दा चार गुणा बढी कर्जा प्रवाह भइरहेको छ ।

चालू आवको ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी तर्फ प्रवाह भएको कर्जा २५.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रततर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १२.८ प्रतिशतले र वित्त कम्पनीहरुकोकर्जा प्रवाह २२.७ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष लागेदेखि लगातार घट्दै गएको विदेशी विनियम संचिति माघ महिनामा भने ८ अर्बले सुधार भएको छ ।

चालू आवको ७ महिनामा १६.२ प्रतिशतले घटेको भएपनि चालू आवको ६ महिनको तुलनामा सातौ महिनामा भने झिनो अंकले सुधार देखिएको छ । पुसमा ११ खर्ब ६५ अर्ब रुपैयाँ मात्रै रहेको यस्तो रकम माघमा भने ११ खर्ब ७३ अर्ब पुगेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार असार महिनामा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय संचिति माघमा आइपुग्दा १६ प्रतिशतले घटेको भएपनि पछिल्लो एक महिनामा भने सुधार आएको देखिएको छ ।

अमेरिकी डलरमा यस्तो विदेशी मुद्रा संचिति १७ प्रतिशतले घटेको छ । चालू अवको ७ महिनामा ९ अर्ब ७५ करोड डलर विदेशी विनिमय संचिति रहेको छ । यस्तो रकम असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेको थियो ।

७ महिनामा नेपालमा ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।

माघ महिनामा महंगीदर ५.९७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा जम्मा २.७० प्रतिशत मुद्रास्फीति दर रहेको थियो । यो अवधिमा सबैभन्दा बढी महंगी घ्यु तेलमा छ । यी वस्तुमा २०.६८ प्रतिशत मूल्यबृद्धि रहेको छ ।

७ महिनाको अर्थनन्त्रको चित्र
आयात – ११ खर्ब ४७ अर्ब रुपैयाँ
निर्यात – १ खर्ब ३१ अर्ब
रेमिट्यान्स आप्रवाह – ५ खर्ब ४० अर्ब
विदेशी मुद्रा विनियम संचिति ११ खर्ब ७३ अर्ब
स्वदेश भित्रने र बाहिरिने रकमबीचको अन्तर (शोधनान्तर स्थिति)– २ खर्ब ४७ अर्ब घाटा
बस्तु तथा सेवा आयात धान्न पुग्ने डलर संचिति– ६.७ महिनाको
उपभोक्ता मुद्रास्फीति (महंगीदर)– ५.९७ प्रतिशत
बैंकिङ प्रणालीमा रहेको निक्षेप – १ खर्ब ३५ अर्ब
बैंकहरूले प्रवाह गरेको कर्जा – ५ खर्ब ७ अर्र्ब

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार