29.1 C
Kathmandu

काठमाडौं–मुम्बई–काठमाडौं उडान पुनः सुरु गर्दै नेपाल एयरलाइन्स

काठमाडौं /दुई वर्ष वर्ष अघि बन्द भएको नेपाल एयरलाइन्सको काठमाडौं–मुम्बई–काठमाडौं उडान पुनः सुरु हुने भएको छ । यो रुटमा चैत १३ देखि नियमित उडान सुरु गर्न लागेको नेपाल एयरलाइन्सले जनाएको छ । नेवानिले यो रुटमा साताको तीन वटा उडान गर्ने भएको छ ।

नेपाल एयरलाइन्सका अनुसार काठमाडौं–मुम्बई–काठमाडौं रुटमा बुधबार, शुक्रबार र आइतबार जहाज उड्नेछ । कोरोना संक्रमणका कारण नेपाल एयरलाइन्सले यो रुटमा उडान बन्द गरेको थियो । नेपाल एयरलाइन्सले अहिले नयाँ दिल्लीमा नियमित उडान गरिरहेको छ । निगमले नयाँ दिल्लीमा समेत दैनिक दुईवटा उडान गर्ने घोषणा गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार