26.1 C
Kathmandu

नयन राज पाण्डेको उपन्यास “लू” माथि चलचित्र निर्माण हुने, कारो फिल्म्सले लियो सर्वाधिकार

काठमाडौं/ लेखक नयन राज पाण्डेको चर्चित उपन्यास “लू” माथि चलचित्र निर्माण हुने भएको छ । उक्त चलचित्र निर्माणका लागि क्लास्सिक टेकको भगिनी कम्पनी कारो फिल्म्स प्रा. लि. ले सर्वाधिकार लिएको छ । एक कार्यक्रमका वीच कारो फिल्म्स प्रा. लि. प्रबन्ध निर्देशक निशा खरेल र लेखक नयन राज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
चलचित्र लू को पटकथा लेखक नयन राज पाण्डेले नै लेख्ने र यसको निर्माण कारो फिल्म्सले गर्ने सहमति भएको छ । नेपालमा नयाँ र अत्याधुनिक प्रबिधिको प्रयोग गर्दै ठूलो लगानीमा चलचित्र निर्माण गर्ने उद्देस्यका साथ कारो फिल्म्स स्थापना भएको बताएको छ । यो कम्पनीले चलचित्र निार्मणका लागि आवश्यक सामग्रीहरु समेत नेपालमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ । यसले नेपाली फिल्म गुणस्तर बढाउन र यो क्षेत्रमा थप रोजगारी सिर्जना गर्न सहयोग पुग्ने प्रबन्ध निर्देशक खरेलले बताइन ।

नेपाली चलचित्र क्षेत्रमा उत्कृष्ट प्रबिधि भित्र्याउने र वेभ सिरिज तथा रियालिटि शो समेत सञ्चालन गरेर चलचित्र क्षेत्रको विकासमा सघाउन आफूहरु लागिपरेको प्रबन्ध निर्देशक खरेलको भनाई थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार